इन्डियन प्रिमियर लिग: यशस्वीको कीर्तिमानी ब्याटिङमा राजस्थान विजयी



पोखरा

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा यशस्वी जयसवालको कीर्तिमानी ब्याटिङमा राजस्थान रोयल्सले सानदार जित हासिल गरेको छ । बिहीबार राति भएको खेलमा राजस्थानले कोलकाता नाइटराइडर्सलाई ९ विकेटले हराएको हो । राजस्थानले १५० रनको लक्ष्य १३.१ ओभरमै पूरा गर्‍यो ।

राजस्थानको जितमा जयसवालले नटआउट ९८ रन जोडे । पहिलो ओभरमै २६ रन बनाएका यशस्वीले १३ बलमै अर्धशतक पूरा गरेका थिए। आईपीएलमा यो सबैभन्दा छिटो अर्धशतक बनेको रेकर्ड हो । यसअघि केएल राहुलले १४ ओभरमा अर्धशतक बनाएको रेकर्ड थियो । घरेलु मैदान इडन गार्डेनमा टस हारेर पहिले ब्याटिङ गरेको कोलकत्ताले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ४९ रन बनाएको थियो।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja