पूर्वी नवलपरासीमा मिटरब्याजपीडितको उजुरी न्यून देखियो



पोखरा

पूर्वी नवलपरासीमा मिटरब्याजीहरूलाई कारबाही गर्नका लागि उजुरी गर्ने पीडितको संख्या न्यून देखिएको छ ।

बिहीबारसम्म जिल्ला प्रशासन कार्यालयमा एक जना पीडितले मात्र मिटरब्याजीलाई कारबाही गरिपाऊँ भनी उजुरी दर्ता गराएको जिल्ला प्रशासन कार्यालय पूर्वी नवलपरासीका मुद्दा शाखाका नायव सुब्बा यादव पराजुलीले बताए ।प्रशासनले मिटरब्याजमा लगाएर रकम असुली गर्ने र अनुचित लेनदेनको कागजात गराउनेविरुद्ध उजुरी गर्न सर्वसाधारणलाई आह्वान गरेको दुई साता भइसकेको छ ।

पूर्वी नवलपरासीमा राजनीतिक दलमा आबद्ध महिलाहरूले नै मिटरब्याजमा रकम लगाउने र प्रहरी प्रशासनको आडमा धम्क्याउने गरेको भन्ने गुनासो मिटरब्याजपीडितहरूले गर्दै आएका छन् । सबैभन्दा धेरै मिटरब्याजपीडितहरू कावासोती र देवचुली नगरपालिकामा रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja