बाजुराको मुक्तिकोट कुपोषणको मारमा, गत वर्ष मात्र ८ जना बालवालिकाको मृत्यु



पोखरा

कुपोषणको कहरका रुपमा चिनिने बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका १ मुक्तिकोट गाउँमा गत वर्ष कुपोषणबाट मात्रै ८ जना बालवालिकाको मृत्यु भयो ।

हरेक वर्ष यहाँ कुपोषणका कारण बालवालिकाको मृत्यु हुने गरेको अनमी जानकी न्यौपाने बताउँछिन् । तर कुपोषण रोक्नका लागि कुनै पहल नभएको गुनासो स्थानीयबासिन्दाले गर्ने गरेका छन् । गाउँपालिकाले कुपोषणका बारेमा गरेको अध्ययनमा मुक्तिकोट गाउँका ३०८ परिवारमा कुपोषण रहेको पाइएको छ । स्वास्थ्यकर्मी टोली गाउँमा पुगेर चेक गर्दा ३४३ जना कुपोषित फेला परेको गाउँपालिकाले जनाएको थियो । जसमा २३ जना भने कडा कुपोषण र ५५ जना मध्यम कुपोषणको चपेटामा छन् ।

कुपोषणमा रहेकामा महिला तथा बालबालिका रहेको पालिकाका सुचना अधिकारी कुबेरबहादुर शाहीले वताएका छन् । १० देखि १४ वर्षसम्मका किशोर र किशोरीको स्वास्थ्य परीक्षण गर्दा १२ जना अति कुपोषित, ५३ जना मध्यम र ५६ जना सामान्य कुपोषित रहेको स्वास्थ्यकर्मीले वताएका छन् । १५ वर्षदेखि १९ वर्षका किशोर र किशोरीलाई जाँच गर्दा २ जना अति कुपोषित, ३० जना मध्यम, २९ जना सामान्य कुपोषित रहेको पाइएको हो । स्वास्थ्य कार्यालय बाजुराका अनुसार मुक्तिकोटमा ४१ प्रतिशत कुपोषित बालवालिका छन् । उच्च प्रजनन दर, उच्च बाल मृत्यु दर, परिवार नियोजनका साधनको प्रयोग न्यून रहेको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja