तनहुँमा बेपत्ता भएको ११ दिनपछि एक व्यक्तिको शव फेला



पोखरा

तनहुँमा बेपत्ता भएको ११ दिनपछि एक व्यक्तिको शव फेला परेको छ । व्यास नगरपालिका वडा नम्बर ९ गजौडे बस्ने ५९ वर्षीय सुरेश कुमार गुरुङको शव फेला परेको हो ।

गुरुङ वैशाख १७ गते बेलुकीदेखि हराइरहेकामा बिहीबार बिहान सुदेखोला सात बिसे सामुदायिक बनमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । उनको भिरबाट लडेर १११ फिट तल खसेको अवस्थामा शव फेला परेको प्रहरीको भनाइ छ । घाँस काट्न भनेर गएका उनी हराएपछि परिवारले प्रहरीमा खबर गरेको थियो ।  घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja