कप्तान बुस्केटले बार्सिलोना छाड्दै



पोखरा

बार्सिलोनामा आबद्ध भएको १८ वर्षपछि कप्तान सर्जियो बुस्केटले क्लब छाड्ने भएका छन् ।

जारी सिजनको अन्तबाट कप्तान बुस्केटले बार्सिलोना छाड्ने निर्णय गरेका हुन् । ३४ वर्षीय बुस्केटले बार्सिलोनाका लागि ७ सय १८ खेल खेलेका छन् भने बार्सिलोनाबाट सर्वाधिक धेरै खेल्ने तेस्रो खेलाडीको रुपमा बुस्केटको नाम अंकित भएको छ ।

‘१८ वर्षको बार्सिलोनासँगको यात्रा अविष्मरणीय रह्यो। म सानैमा पनि सधैं बार्सिलोनाको जर्सिमा नै मैदानमा खेलेको सपना देख्थेँ, जुन सपना मैले सोचेको भन्दा लामो समयसम्म जारी रह्यो’ उनले भने, ‘धेरै वर्षदेखि बार्सिलोना र फुटबल प्रेमीहरुबाट पाएको यो सम्मान र अवसरले मलाई धेरै थोक र अविस्मरणीय यादहरू दिएको छ। यो अवसर सिर्जना गर्ने क्लब र सबै समर्थक र सहकर्मी प्रति धन्यवाद दिन चाहन्छु।’

उनको उत्कृष्ट प्रदर्शनमा बार्सिलोनाले ८ वटा ला लिगा उपाधि, ७ वटा कोपा डेल रे, ७ वटा स्पेनिस सुपर कप र तीन च्याम्पियन्स लिगको उपाधि जितेको थियो। २००५ मा युथ खेलाडीको रूपमा बी डिभिजनमा आबद्ध भएका बुस्केट २००८ मा सिनियर टिममा डेब्यु गरेका थिए।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja