विष सेवनबाट १३ बर्सिया बालिकाको मृत्यु



 

पोखरा

विष सेवनबाट एक १३ बर्सिया बालिकाको मृत्यु भएको छ ।

महादेवा गाउँपालिका ३ बलिया बथनाहाका पवन कुमार यादवको छोरी वर्ष १३ की प्रीति कुमारी यादवको मृत्यु भएको हो । धरान स्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बालिका तिरहुत गाउँपालिका-४ डिमन बस्ने जोगिन्द्र यादवको घर आएको समयमा मंगलबार मुसा मार्ने विषादी सेवन गरेकी थिइन्, सुरुमा गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा उपचारको लागि भर्ना गरिए पनि पछि धरान लगिएको हो । मृतक बालिकाको शव धरानमा रहेको तथा घटना बारे थप अनुसन्धान भईरहेको प्रहरी प्रवक्ता नरेश कुमार सिंहले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja