गोरखा चुमनुव्रीमा हत्या गरेको आरोपमा एक जना पक्राउ



पोखरा

चुमनुव्री गाउँपालिका–४ नामरुङका ४५ वर्षीय दोर्जे ग्याल्जेनलाई धारिलो हतियार प्रहरी गरी हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

सोही ठाउँका ५९ वर्षीय छिरिङ घुन्डुपलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । वैशाख १७ गते दोर्जे आफ्नै घरको कोठामा मृत अवस्थामा फेला परेका थिए । उनको घाँटीको अगाडिको भागमा धारिलो हतियार प्रहार भएको चोट देखिएपछि प्रहरीले अनुसन्धान थालेको थियो । आरोपित छिरिङ वैशाख २३ गते प्रहरीले पक्राउ गरेको थियो । सोमबार उनलाई कर्तव्य ज्यान शीर्षकमा मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja