पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान पक्राउ



पोखरा

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान पक्राउ परेका छन् । उनलाई अर्धसैनिक प्रहरीले इस्लामावाद उच्च अदालतबाहिरबाट पक्राउ गरेको हो ।

भ्रष्टाचारको अभियोग लागेका उनी अदालतमा उपस्थित हुन त्यहाँ पुगेका थिए । उनले आफूमाथिको अभियोग राजनीतिप्ररित रहेको बताउँदै आएका छन् । पाकिस्तानी सञ्चारमाध्यमका अनुसार बख्तरबन्द गाडीमा आएका प्रहरीले उनलाई पक्राउ गरेका हुन् । गत वर्षको अप्रिल महिनामा उनी प्रधानमन्त्रीबाट पदमुक्त भएका थिए । त्यसयता उनी मुलुकमा तत्काल निर्वाचन हुनुपर्ने माग राख्दै आन्दोलन गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja