भारतको मणिपुरमा जातीय दंगामा परी ५४ जनाको मृत्यु



पोखरा

भारतको उत्तरपूर्वी राज्य मणिपुरमा भड्किएको जातीय दंगा नियन्त्रण गर्न भारत सरकारले अर्धसैनिक बल परिचालन गरेको छ ।

गत बुधबारदेखि सुरु भएको दंगा नियन्त्रण गर्न राज्य सरकार असफल भएपछि केन्द्र सरकारले अर्धसैनिक बलका थुप्रै टुकडी त्यहाँ तैनाथ गरेको हो । हिंसामा परी मृत्यु हुनेको संख्या ५४ पुगेको छ । राजधानी इम्फालमा मात्रै करिब २० जनाको मृत्यु भएको छ ।

दंगामा १ सय भन्दा बढी घाइते भएका छन् । दुई समुदायबीच भड्किएको दंगाले भौतिक सम्पतिमा पनि ब्यापक रूपमा क्षति पुर्याइएको छ । ५ सय घर तथा चर्चहरुमा आगो लगाइएको छ । कतिपय भागेर छिमेकी राज्य नागाल्याण्ड पुगेका छन् । मणिपुरको बहुसंख्यक समुदायले राजधानी इम्फाल भन्दा बाहिर जग्गा जमिन तथा घर किन्न पाउने गरी विधान सभाले कानून बनाएको थियो । त्यस पश्चात अल्पमतमा रहेको जनजाति समुदाय विरोधमा उत्रिएपछि हिंसा भड्किएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja