मुद्रण उद्योग संघ कास्कीका अध्यक्ष श्रेष्ठको हृदयाघातबाट निधन



पोखरा

मुद्रण उद्योग संघ कास्कीका अध्यक्ष किरण श्रेष्ठको निधन भएको छ ।

उनको आज बिहान हृदयाघातका निधन भएको हो । पोखरास्थित रोजिना प्रेसका सञ्चालक श्रेष्ठको ४७ वर्षको उमेरमा निधन भएको हो । उनलाई बिहान करिब ५ बजेतिर हृदयाघात भएको थियो । उनलाई तत्कालै अस्पताल पुर्याइएको थियो। उनलाई बिहान ६ः३० बजे चिकित्सकले निधन भएको घोषणा गरेका थिए ।

गोरखाको बुङ्कोट घर भएका श्रेष्ठ मुद्रण उद्योग संघ, लायन्स र विभिन्न संघसंस्थामा आवद्ध छन् । उनका श्रीमती र दुई छोरी छन् । मुद्रण उद्योग संघ कास्कीका कोषाध्यक्ष पदम श्रेष्ठका अनुसार स्व. श्रेष्ठको आज साँझ अन्त्येष्टि गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja