नेपोलीले जित्यो इटालियन सिरीको ए उपाधि



पोखरा

नेपोलीले ३३ वर्षपछि इटालियन सिरीको ए उपाधि जितेको छ ।

उडिनेसँग बराबरी खेल खेल्दै नेपोलीले तेस्रो पटक सिरी ए उपाधि जितेको हो । यसअघि उसले डिएगो म्याराडोनाको पालाका १९८९ र १९९० मा इटालियन सिरीको यो उपाधि जितेको थियो ।

डासिया एरिना उडिनमा बिहीबार राति भएको खेलको १३औं मिनेटमा सान्डी लोभरिकको गोलबाट घरेलु टोली उडिनेसले पहिलो हाफमा अग्रता लिएको थियो तर दोस्रो हाफको सुरुवाती अर्थात ५२औं मिनेटमा भिक्टर ओसिमहेनले गोल फर्काउदै खेललाई बराबरीमा मात्रै ल्याएनन्, नेपोलीलाई उपाधि जित्नका लागि निर्णायक गोलसमेत गरिदिए । नेपोली च्याम्पियन बनेसँगै सिरी ‘ए’ ले पनि पछिल्लो तीन सिजनमा भने तीन फरक फरक टोली च्याम्पियन बनाएको छ । युभेन्ट्सले लगातार ९ सिजन सिरी ‘ए’ को उपाधि जितेको रेकर्ड कायम रहेको भए पनि त्यसपछिको यताका तीन सिजनमा भने इन्टर मिलान, एसी मिलान र नेपोली च्याम्पियन बनेको हो ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja