तनहुँ दुर्घटना अपडेट: ३ जनाको मृत्यु



पोखरा

पृथ्वी राजमार्गअन्तर्गत जिल्लाको बन्दीपुर गाउँपालिका–५ याम्पा आँधीखोलामा बुधबार बिहान ट्रकको ठक्करबाट ८ जना घाइते भएका छन् ।

घाइतेमध्ये ३ जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा बन्दीपुर-१ का १२ वर्षीया आयुष भुजेल, ५० वर्षीय चेतबहादुर घर्ती र ६९ वर्षीय सनबहादुर भुजेल रहेको प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले बताए ।ना ४ ख १९७३ नम्बरको ट्रकले सडकछेउ रहेको घरमा ठक्कर दिँदा घरभित्र रहेका र बाहिर बसिरहेका गरी ८ जना घाइते भएका थिए । घाइतेमध्ये ५ जनाको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja