तनहुँमा ट्रकले ठक्कर दिँदा ८ जना घाइते



पोखरा

पृथ्वी राजमार्ग अन्तर्गत जिल्लाको बन्दीपुर गाउँपालिका–५ याम्पा आँधीखोलामा बुधबार ट्रकको ठक्करबाट ८ जना घाइते भएका छन् ।

ना ४ ख १९७३ नम्बरको ट्रकले सडकछेउ रहेको घरमा ठक्कर दिँदा घरभित्र रहेका र बाहिर बसिरहेका गरी ८ जना घाइते भएका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँणले बताए । उनका अनुसार ट्रकको ठक्करबाट विद्यालय जान बस कुरिरहेका विद्यार्थी र स्थानीय घाइते भएका छन् । ट्रकको ठक्करबाट घरमा पनि क्षति पुर्‍याएको छ ।

दुर्घटनमा १० वर्षीया जस्मिन भुजेल, ५० वर्षीय चेतबहादुर घर्ती, ५५ वर्षीय सनबहादुर भुजेल, १२ वर्षीया आयुष भुजेल, ६ वर्षीया आयुषा भुजेल,१० वर्षीय इश्वर भुजेल, ८ वर्षीय समिर भुजेल र ५ वर्षीय सन्तोष भुजेल घाइते भएका छन् । घाइतेहरूलाई उपचारका लागि चितवन पठाइएको छ । घटनामाथि थप अनुसन्धन भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja