नेपाली कांग्रेसका नेता शंकर कँडेल मृत अवस्थामा फेला



पोखरा

चितवनका पोल्ट्री व्यवसायी एवम् नेपाली कांग्रेसका नेता शंकर कँडेल झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मंगलबार साँझ भरतपुर महानगरपालिका ३ बेलचोकस्थित आफ्नै घरमा रहेको कार्यालयको कोठामा झुण्डिएको अवस्थामा मृत भेटिएका हुन् । कँडेल झुण्डिएको कोठामा सुसाइड नोटसमेत भेटिएको प्रहरीले जनाएको छ । प्रहरी टोलीले घटनास्थलको मुचल्का गरेर शव पोष्टमार्टमका लागि पठाएको छ ।

उनी नेपाली काँग्रेस चितवनका पूर्व कोषाध्यक्ष र वर्तमान महासमिति सदस्य हुन् । उनी चितवनका सफल पोल्ट्री व्यवसायीको रुपमा समेत परिचित थिए । उनले अनमोल फिड्स उद्योग संचालन गरिरहेको थिए ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja