सरकार र महावीर पुनबीच ७ बुँदे सहमति



पोखरा

सरकार र राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनबीच ७ बुँदे सहमति भएको छ ।

तीन दिनदेखि माइतीघरमा आन्दोलनरत रहेका पुन र उप–प्रधानमन्त्री तथा रक्षा, कानून, न्याय तथा संसदीय मामिला मन्त्रीबीच ७ बुँदे सहमति भएको हो । सहमति अनुसार आगामी आर्थिक वर्षदेखि सङ्घीय सरकारको पूँजीगत बजेटको १ प्रतिशत रकम अनुसन्धान तथा विकास, नवप्रवर्तन तथा आविष्कार कोषमा जम्मा गरिने छ ।

सहमति पत्रको तेस्रो बुँदामा उल्लेख भएअनुसार अनुसन्धान तथा विकास, नवप्रवर्तन तथा आविष्कारसम्बन्धी कार्यहरू एकीकृत रूपमा संचालन गर्न नेपाल सरकारले एउटा कोष स्थापना गर्ने र सो कोषमा सरकारको तर्फबाट १ प्रतिशत बजेट जम्मा गर्ने सहमति भएको हो।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja