अवरुद्ध भएको पृथ्वी राजमार्ग खुल्यो एकतर्फी



पोखरा  

सडक भासिएर सोमबारदेखि अवरुद्ध भएको पृथ्वी राजमार्ग एकतर्फी खुलेको छ ।

१८ घण्टादेखि ठप्प भएको राजमार्ग मंगलबार बिहान १० बजेदेखि खुलेको हो । भासिएको भागमा माटोले पुरेर र पर्खाल लगाएर एकतर्फी सडक खुलाइएको हो । दुईतर्फी नै सडक खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । हिजो दिउँसो ४ बजे धादिङको धार्केमा गणेश खोला पुल नजिकै सडक भासिएपछि पृथ्वी राजमार्ग ठप्प भएको थियो । नागढुंगा–मुग्लिन सडक योजना पूर्वी खण्डले नेपाली सेनाको सहयोग लिएर सडक मर्मत गरिरहेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja