राष्ट्रपति पौडेलले आफ्नो उपचार खर्च आफै ब्यहोर्ने



पोखरा

राष्ट्रपति रामचन्द्र पौडेलले आफ्नो उपचार खर्च आफै ब्यहोर्ने भएका छन । 

राष्ट्रपतिका प्रेस संयोजक खिला कार्कीले जारी गरेको प्रेस विज्ञप्ति अनुसार उनले आफ्नो खर्च आफै ब्यहोर्ने भएका हुन । ‘उपचारको क्रममा भएको उपचार खर्च सम्माननीय राष्ट्रपतिज्यू स्वयंले बेहोर्ने कुराका जानकारीका लागि अवगत गराइन्छ,’ कार्कीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

छातिमा जमेको पानीमा संक्रमण बढे पछि उपचारका लागि राष्ट्रपति पौडेल भारतको नयाँदिल्लीस्थित  अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) मा उपचार गर्नका लागि बैशाख पहिलो साता गएका थिए । १० दिन लामो उपचार पछि राष्ट्रपति पौडेल आइतबार राती स्वदेश फर्केका हुन । 

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja