बागलुङबाट पोखरा आउन लागेको बसले किच्दा एक जनाको मृत्यु



पोखरा 

बागलुङबाट पोखरा आउन लागेको बसले किच्दा दिँदा एक जनाको ज्यान गएको छ ।

मृत्यु हुने व्यक्तिको पहिचान खुलेको छैन ।  बागलुङ नगरपालिका वडा नं. ३ चिप्लेटी बसपार्कमा आइतबार दिउँसो साढे चार बजे ग१ख ९६२ नम्बरको बसले किच्दा एक पुरुषको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक मदन केसीले जानकारी दिए ।

बागलुङबाट पोखरा जानको लागि बस स्टार्ट गरेर अगाडि बढ्दा पछाडिको चक्काले किचेर घाइते भएका पुरुषलाई उपचारको लागि धौलागिरी अस्पताल बागलुङमा पुर्याएपछि अस्पतालले मृत घोषणा गरेको थियो । प्रहरीले बसका चालक पर्वत जिल्ला कुश्मा नगरपालिका वडा नं. १३ का ४२ वर्षीय दल बहादुर सुनार र बसलाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja