गण्डकी मुख्यमन्त्री पाण्डेले विश्वासको मत २१ गते लिने



पोखरा

गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले वैशाख २१ गते विश्वासको मत लिने भएको छन् ।

सरकारको सिफारिसमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले वैशाख २१ गते अधिवेशन आहन गरेका हुन् । सोही दिन मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिने प्रदेश प्रमुख कार्यालयले जनाएको छ ।वैशाख १४ गते मात्र पाण्डे गण्डकी प्रदेशका पाँचौ मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । प्रदेश प्रमुख गुरुङले संविधानको धारा १६८ को उपधार २ बमोजिम पाण्डेलाई गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।

सरकार गठन भएको छोटो समयमा नै मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिन लागेका हुन् । ‘प्रदेश सरकारको सिफारिसमा नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम गण्डकी प्रदेश सभाको अधिवेशन प्रदेश भवन नदीपुरमा वेशाख २१ गते बिहीबार दिउँसो २ बजे आरम्भ हुनेछ,’ प्रदेश प्रमुख कार्यालयले जारी गरेको विज्ञप्तिमा छ । साेही दिन विश्वासकाे मत लिने मुख्यमन्त्री कार्यालयले स्राेतले जनाएकाे छ ।

gandaki

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja