पोखरामा चोरीका सामानसहित ४ जना पक्राउ



पोखरा

कास्की प्रहरीले चोरीका सामानसहित ४ जनालाई पक्राउ गरेको छ।

शंकास्पद अवस्थामा हिडिरहेका उनीहरुलाई प्रहरीले सोधपुछ तथा खानतलासी गर्दा उनीहरुको साथबाट ल्याप्टप १ थान, किबोर्ड १ थान, माउस १ थान, चार्जर १ थान विभिन्न कम्पनीका मादक पदार्थ (रक्सी)का बोत्तल ११ थान, पहेँलो तथा निलो रंगका रेडबुल १५ थान, चुरोट ७ बट्टा, विभिन्न कम्पनीका मोबाईल ४ थान, फलामको छड १ थान र उनीहरुले चोरी गरेको ग ५ प २७३५ नम्बरको मोटरसाइकलसहित बरामद भएको प्रहरीले जनाएको छ। पक्राउ परेका उनीहरुलाई जिल्ला अदालत कास्कीबाट चोरी सम्बन्धी मुद्दामा ७ दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाइएको प्रहरीले जनाएको छ।

यहि वैशाख १५ गते शुक्रबार बिहान अन्दाजी ३ बजे प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरी टोलीले जिल्ला कास्की पोखरा महानगरपालिका– १६ दिप स्थितसडकमा शंकास्पद अवस्थामा हिँडिरहेका ४ जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा धादिङ त्रिपुरासुन्दरी नगरपालिका– २ सल्यानटार स्थायी घर भई हाल कास्की पोखरा महानगरपालिका– ९ पृथ्वीचोक बस्ने वर्ष २१ को राजकुमार परियार, सोही ठाउँ घर भई पोखरा महानगरपालिका– १३ काहुँडाँडा बस्ने वर्ष २४ को बिनोद परियार, गोरखा स्थायी घर भई हाल पोखरा महानगरपालिका– १३ मियापाटन बस्ने वर्ष ३१ को राजकुमार नेपाली र कास्की पोखरा महानगरपालिका– १३ मियापाटन बस्ने वर्ष २५ को अर्जुन नेपाली रहेका छन्।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja