मेक्सिकोमा सडक दुर्घटना, १८ जनाको मृत्यु



पोखरा

मेक्सिकोको पश्चिमी राज्य नायरिटकाे राजमार्गमा पर्यटक बस पल्टिँदा करिब १८ जनाको मृत्यु भएको छ ।

साथै उक्त दुर्घटनामा ३३ जना घाइते भएका स्थानीय अधिकारीले सोमबार जानकारी दिएका छन् । नायरिट राज्यका महान्यायाधिवक्ताको कार्यालयले जारी गरेको विज्ञप्ति अनुसार, ‘शनिबार राति १५ मिटर गहिरो खाल्डोमा गाडी खस्दा त्यसमा सवार ११ महिला र सात पुरुषको मृत्यु भएको छ भने घाइतेलाई राज्यका तीन वटा अस्पतालमा उपचारका लागि पठाइएको हो ।’ पर्यटक बस जालिस्कोको ट्लाजोमुल्कोबाट नायरिटको समुद्री किनारको गन्तव्य ग्वायाबिटोसतर्फ गइरहेको समयमा दुर्घटनामा परेको जलिस्को राज्यका गभर्नर एनरिक अल्फारोले पुष्टि गरे ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja