वर्षाका कारण नेपाल र युएईबीचको फाइनल खेल पुन: रोकियो



पोखरा

 

 

काठमाडौँको त्रिवि क्रिकेट मैदानमा जारी एसीसी प्रिमियर लिगको फाइनल खेल वर्षाका कारण पुन: रोकिएको छ ।

युएईविरुद्धको खेलमा नेपालले टस जितेर पहिले बलिङ रोजेको थियो । युएईले २७ ओभरमा ९ विकेट १ सय ६ रन बनाएको अवस्थामा पानी परे पछि खेल रोकिएको हो । खेल रोकिनुअघि युएईका लागि आसिफ खानले ४६ रन बनाए भने आयन लाक्राले १३ रन जोडे । त्यस्तै मुहम्मद वासिमले ११ रन बनाउँदा बसिर हमिदले १० बनाए । नेपालका ललित राजबंशीले तीन विकेट लिए । साथै करण केसी र सन्दीप लामिछानेले दुई-दुई विकेट लिए भने गुल्शन झा र सोमपाल कामीले एक-एक विकेट लिए ।

यसअघि पनि यूएईले १६ ओभरमा ५ विकेट गुमाएर ६० रन बनाउँदा पनि खेल आधा घण्टा रोकिएको थियो । आज खेल हुन नसकेको खण्डमा भोलि मंगलबार रिर्जभ डेको व्यवस्था गरिएको छ तर, भोलि पनि खेल हुन नसके दुई सुपर ओभरबाट नतिजा निकाल्ने प्रयास हुनेछ । पहिलो सुपर ओभर बराबरी भएमा दोस्रो सुपर ओभर हुनेछ । वर्षाले सुपर ओभर पनि हुनसक्ने अवस्था नभएमा आइसीसीको एकदिवसीय अन्तराष्ट्रिय (ओडिआई) वरीयतामा माथि हुने टोली एसिया कपमा पुग्नेछ । आइसीसीको ओडिआई वरियतामा नेपाल १४ औं र युएई १९ औं स्थानमा छन् । खेल रद्द हुँदा नेपाल ओडिआई वरियताको कारण एसिया कपमा स्थान सुरक्षित गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja