चीनका राष्ट्रपति र युक्रेनी राष्ट्रपति बीच फोनवार्ता



 

पोखरा

चिनियाँ राष्ट्रपति सी चिनफिङले बुधबार आफ्ना युक्रेनी समकक्षी भोलोडिमिर जेलेन्स्कीसँग चीन-युक्रेन सम्बन्ध र युक्रेन सङ्कटका विषयमा टेलिफोन वार्ता गरेका छन् ।

सो अवसरमा राष्ट्रपति सीले युक्रेन सङ्कट समाधानका निम्ति वार्ता नै एकमात्र व्यावहारिक उपाय भएको बताउँदै आणविक युद्धमा कसैको जित नहुने धारणा राखेका थिए । चीनले युरेसियाली मामिलासम्बन्धी चिनियाँ सरकारको विशेष प्रतिनिधिलाई युक्रेन र अन्य देशको भ्रमण गर्न पठाउने र जारी सङ्कटको राजनीतिक समाधानका लागि सबै पक्षहरूसँग गहिरो समन्वय गर्न पनि उनले बताए । युक्रेन सङ्कटमा चीन सधैं शान्तिको पक्षमा उभिएको र यसको मुख्य अडान शान्तिको लागि वार्तालाई सहज बनाउनु रहेको पनि राष्ट्रपति सीको धारणा छ ।

उनले चार बुँदे प्रस्तावहरूमा अन्तरराष्ट्रिय समुदायले मिलेर गर्नुपर्ने चारवटा कुरा र तीनवटा अवलोकनहरू उल्लेख गरेका छन् । सो प्रस्तावनामा चीनले युक्रेन सङ्कटको राजनीतिक समाधानबारे आफ्नो स्थिति सार्वजनिक गरेको पनि उल्लेख गरे । ‘चीनले न त युक्रेन सङ्कट सृजना गरेको हो न त यो सङ्कटको पक्षमा छ । संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को स्थायी सदस्य र जिम्मेवार प्रमुख देशको रूपमा चीन चुपचाप बस्दैन’ उनले भने । सबै पक्षले युक्रेन सङ्कटलाई गम्भीरतापूर्वक विचार गर्ने र वार्ताको माध्यमबाट युरोपमा दिगो शान्ति र सुरक्षा ल्याउने उपायहरू संयुक्त रूपमा खोज्ने आशा पनि सीले व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja