पोखराको लेकसाइडमा १८ औं फेवा नव वर्ष महोत्सव



 

पोखरा

पोखराको लेकसाइडमा १८ औं फेवा नव वर्ष महोत्सव बुधबारबाट सुरु भएको छ । होटल संघ पोखरा नेपालले आयोजना गरेको तीनदिने महोत्सवले पर्यटन, संस्कृति र खानाका परिकारलाई मुख्य जोड दिएको छ । खानाका विभिन्न परिकार र सांस्कृतिक प्रस्तुति तथा पञ्चे बाजा, नाचगान, भजनचुड्का र गीतसंगीतका कार्यक्रम महोत्सवका आकर्षण हुनेछन् ।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले बुधबार महोत्सव उद्घाटन गरे । महोत्सव स्थानीय खहरेदेखि फिस्टेल गेटसम्म सडकमा नै आयोजना भइरहेको छ । महोत्सवका अवसरमा होटलको प्रकाशित दररेटमा २० प्रतिशत छुट प्रदान गरिएको आयोजक संघका अध्यक्ष एवं महोत्सवका संयोजक लक्ष्मण सुवेदीले जानकारी दिए ।

कोभिड १९ लगायत विभिन्न कारणले व्यवसायी पलायन हुँदा र हजारौंको रोजगारी गुम्दा नकारात्मक रुपमा प्रभावित पर्यटन व्यवसायलाई पुनरुत्थान गर्ने उद्देश्य महोत्सवले बोकेको उनले सुनाए । कार्यक्रम उद्घाटन गर्दै महानगर प्रमुख आचार्यले पोखरालाई पर्यटकीय सहर घोषणा गर्ने प्रस्तावको फाइल मुख्यसचिवको टेबलमा पुगेर रोकिएको बताए । तर संघीय सरकारले घोषणा नगरे प्रदेश सरकार र महानगर मिलेर त्यस्तो घोषणा गरिने उनको भनाइ थियो । यो घोषणसँगै रत्न मन्दिर र हिमागृह पनि सर्वसाधरणका लागि खोल्ने विषय जोडिएको उनले सुनाए ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja