नेपाल पत्रकार महासङ्घ कास्कीद्वारा चार पत्रकारलाई पुरस्कृत



 

 

 

पोखरा

नेपाल पत्रकार महासङ्घ कास्की शाखाले चार पत्रकारलाई पुरस्कृत गरेको छ ।

महासङ्घको ६८औँ स्थापना दिवसका अवसर आज पत्रकार नवीन सिग्देल, भुपाल गुरुङ, गौरव त्रिपाठी र दुर्गा रानामगरलाई पुरस्कृत गरिएको हो । यस्तै महासङ्घले लक्ष्मी हाउसलाई संस्थागत सम्मान पनि गरेको छ । पोखरा पत्रकारिता सम्मान २०७७ पत्रकार नवीन सिग्देललाई अर्पण गरिएका सचिव माधव बरालले जानकारी दिए । सोही विधाको संस्थागत सम्मान विसं २०७८ लक्ष्मी हाउसलाई दिइएको छ ।

सो सम्मानको राशि रु ३५ हजार र सम्मान पत्र रहेको छ ।टङ्कादेवी–तुलसीप्रसाद पत्रकारिता पुरस्कार पत्रकार भुपाल गुरुङलाई अर्पण गरिएको छ । यो पुरस्कारको राशी रु २० हजार एक सय ११ र सम्मानपत्र रहेको छ । पत्रकार गौरव त्रिपाठी र दुर्गा रानामगरलाई जगन्नाथ सिग्देल युवा प्रोत्साहन पुरस्कार प्रदान गरिएको छ । यो पुरस्कारको राशि रु ११ हजार एक सय ११ र सम्मानपत्र छ ।

पोखरामा आयोजित समारोहमा गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले चारै पत्रकारलाई पुरस्कार र सम्मान प्रदान गरे ।प्रदेश प्रमुख गुरुङले स्वतन्त्र पत्रकारिता नहुने ठाउँमा निरंकुशता मौलाउने बताए । राज्य विरोधी काम हुँदा होसियारी गर्ने काम पत्रकारिताको धर्म भएको उनको भनाइ थियो । कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकालाई सही दिशामा लग्ने काम पनि पत्रकारले गर्नुपर्ने उनले बताए । पत्रकारको काम तीललाई पहाड र पहाडलाई तिल बनाउने नभएको बताउँदैै पत्रकारिताभित्रको विकृतिलाई हटाउनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja