महेन्द्रपुलस्थित अत्याधुनिक सार्वजनिक शौचालय बन्ने



 

 

 

पोखरा

पोखरा महानगरपालिका वडा नं. ९ महेन्द्रपुलस्थित सेती नदी डिलमा अत्याधुनिक सार्वजनिक शौचालय बन्ने भएको ।

गैर आवासीय नेपाल संघ (एनआरएनए) को सहयोगमा शौचालय बन्न लागेको हो । सो शौचालयको पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले शिलान्यास गरेका छन् । उक्त अवसरमा मेयर आचार्यले शौचालय पाँच तारे होटलको जस्तो सफा र आधुनिक खालको हुने स्पष्ट पारे । अपाङ्गता भएका व्यक्तिलेसमेत सहजरुपमा प्रयोग गर्न सक्ने शौचालयमा महिलाका लागि सेनेटरी प्याडको व्यवस्था पनि गरिनेछ । शौचालयसँगै पार्क रहने र केही विरुवा रोपिने मेयर आचार्यले बताए ।

शौचालय निर्माणमा ८५ लाख रुपैयाँ खर्च लाग्गे बताइएको छ । सो रकममध्ये ६० लाख रुपैयाँ एनआरएनएले प्रदान गर्नेछ । सेती, फिर्के, बुलौंदी लगायतका खोला वरपरको मापदण्ड हाल बन्नेक्रममा रहेको जानकारी दिंदै मेयर आचार्यले सार्वजनिक जग्गा अतिक्रमण हुनबाट जोगाइने बताए । बनिसकेका संरचना र नयाँ बन्ने संरचनाको हकमा के कस्तो मापदण्ड अपनाउने भन्ने विषय नयाँ बन्ने मापदण्डले खुलस्त पार्ने उनले स्पष्ट पारे ।

महेन्द्रपुलमा नै आधुनिक शौचालयको पारी दक्षिण पट्टि झण्डा पार्कको शिलान्यास छिटै हुने र शहीद भीमसेन दाहालको शालिक विभूति पार्कमा सारिने उनले बताए ।  गैरआवासीय नेपाली संघकी अध्यक्ष एवं शौचालय निर्माण कार्यकी संयोजक रविना थापाले विभिन्न आपत विपत पर्दा संघले नेपालीलाई विभिन्न प्रकारका सहयोग गर्दै आएको बताइन् । उनले समयमा नै काम सकेर अरु राम्रो काम गर्ने प्रेरणा संघलाई प्रदान गर्न महानगरसँग आग्रह गरिन् ।

संघका कार्यकारी अध्यक्ष बद्री केसीले आफूहरुको ज्यान विदेशमा भएपनि मन र माया नेपालमा रहेको बताए । बन्न लागेको शौचालय विकसित मुलुकमा हुने आधुनिक शौचालय जस्तो हुने उनले बताए ।  पोखरा-९ का वडाध्यक्ष दिपेन्द्र मर्सानीले चुनावमा गरेका वाचा अनुरुप केही राम्रो काम गरौं भन्ने हेतुले शौचालय निर्माणको काम थालनी गरिएको बताए ।  जनताको भन्दा व्यक्तिगत काममा बढी ध्यान दिने भन्ने जनप्रतिनिधि माथि विगतमा लाग्ने गरेको आरोपभन्दा माथि उठेर आफूले विकास निर्माण र जनसेवाका काम अगाडि बढाएको दाबी गर्दै उनले काम नगरे भत्ताले जनप्रतिनिधिलाई पोल्ने स्पष्ट पारे ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja