म्यानमारमा हवाई आक्रमण, एक सय जनाको मृत्यु



पोखरा

म्यानमारमा सेनाको हवाई आक्रमणबाट ज्यान गुमाउनेको संख्या एक सय पुगेको छ ।

म्यानमारको सेनाको जेट विमानबाट सागिङ क्षेत्रमा गरेको आक्रमणबाट ज्यान गुमाउनेको संख्या एक सय पुगेको हो । सागिङ क्षेत्रमा महिला र बालबालिका सहभागी भएको कार्यक्रममा भएको आक्रमणबाट प्रारम्भिक मृत्यु हुनेको संख्या ५३ पुगेको बताइए पनि पछि स्वतन्त्र सञ्चारमाध्यमहरूले दिएको रिपोर्ट गरेअनुसार यो संख्या एक सय पुगेको हो ।

म्यानमारको वायुसेनाले कार्यक्रम लक्षित गरी हेलिकप्टरबाट बम खसालेको जुन्ता शासनको विरोध गर्न गठन गरिएको राष्ट्रिय एकता सरकार (एनयूजी) का कार्यवाहक अध्यक्ष दुवा लाशी लाले बताए । म्यान्मारमा सेनाले सन् २०२१ को फेब्रुअरीमा सत्ता कब्जा गरेदेखि विपक्षीविरुद्ध आक्रमण गर्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja