‘नमुना पशु अस्पताल’ बाट चार जिल्लाका कृषक लाभान्वित  



पोखरा

भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र तनहुँ परिसरमा निर्माणधीन ‘नमुना पशु अस्पताल’ बाट तनहुँसहित चार जिल्लाका कृषक लाभान्वित हुने भएका छन् । दमौलीमा निर्माणाधीन पशु अस्पतालबाट तनहुँसहित गोरखा, लमजुङ र नवलपरासीलगायत आसपास क्षेत्रका कृषकले सहजै सेवा पाउने भएका हुन् ।

गण्डकी प्रदेश सरकारको रू चार करोड ९० लाख लागतमा डेढ वर्षभित्र निर्माण सम्पन्न गर्नेगरी इको बिल्र्डस प्रालि चितवनले ठेक्का सम्झौता गरेको थियो । आगामी पुसभित्र भवन निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको सहरी विकास तथा भवन निर्माण एकाइ कास्कीका साइट इञ्जिनियर शिव सुनारले जानकारी दिए। उनका अनुसार हालसम्म ५० प्रतिशतभन्दा बढी निर्माण भइसकेको छ ।

बहुवर्षीय योजनाअन्तर्गत १० करोड लागतमा अस्पतालको अन्य भौतिक संरचना विस्तार गर्दै लैजाने लक्ष्य रहेको उनले जानकारी दिए। देशका ७७ जिल्लामध्ये पहिलो चरणमा कास्की र तनहुँमा पशु अस्पताल निर्माण हुन लागेको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र तनहुँका प्रमुख एवं वरिष्ठ पशु विकास अधिकृत डा बालकुमार श्रेष्ठले जानकारी दिए । 

अस्पतालको भवन निर्माणपश्चात् आधुनिक उपकरण जडानसहित दक्ष जनशक्तिले पशुपन्छीको उपचार गर्नेछन् । भवनको भुई तलामा व्यवस्थित प्रयोगशाला, भिडियो एक्स–रेका साथै प्रविधिक जनशक्तिको व्यवस्था गरिने छ ।

पशुमा लाग्ने महामारीजन्य रोग पहिचान गरी क्षति हुनबाट जोगाउन पशु स्वास्थ्य कार्यक्रमलाई प्राथमिकता राखिएको उनले बताए। ‘महामारीजन्य रोग पहिचान तथा न्यूनीकरण गर्न सकिए कम्तीमा २० प्रतिशतले पशुको क्षति कम गरी किसानको आम्दानी बढाउन सकिन्छ’, श्रेष्ठले भने ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja