पोखरा-१८ को वडाध्यक्ष पदको मतगणना पुनः गर्न अदालतको आदेश



पोखरा

उच्च अदालतले गत वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचन अन्तर्गत पोखरा महानगरपालिका वडा नं. १८ मा पुनः मतगणना गर्न आदेश दिएको छ । 

अदातलले वडाध्यक्ष पदको पुनः मतगणना आउँदो वैशाख २० गते गर्न आदेश दिएको उच्च अदालत पोखराका रजिष्ट्रार श्रीराम पौडेलले जानकारी दिए । एमालेबाट उम्मेदवार बनेका पुष्कल थापाले मतगणना कार्य वदर गरि दोहोर्याई मतगणना गरि पाउ भन्दै गत जेठ १८ गते उजुरी दिएका थिए ।

सो वडामा कांग्रेसका शिवप्रसाद तिमल्निाले १६ सय ४३ मत पाएर विजयी घोषित हुँदा एमालेका पुष्कल बहादुर थापाले १६ सय ४० मत पाएका थिए । एमालेबाट उम्मेदवार बनेका थापालाई नेपाली कांग्रेसका शिव तिमिल्सिनाले तीन मतले पराजित गरेका थिए थापाले खसेको भन्दा गणनामा ९ मत कम देखिएको र उक्त मत आफ्नै भएको दाबी गरेका थिए ।

त्यसपछि थापाले निर्बाचन आयाेग, जिल्ला निर्वाचन कार्यालय कास्की, निर्बाचन अधिकृतकाे कार्यालय र विजयी वडाध्यक्ष तिमिल्सिनालाई प्रतिवादी बनाएर निवेदन दिएका थिए । अदालतले यस्ता प्रकृतिका मुद्दामा यति छिटै फैसला गरेकेा सम्भवत याे नेपालकै पहिलाे घटना हाे । सामान्यतया यस्ता मुद्दा पाँचै वर्ष अवधि पुरा हुँदा पनि फैसला नभएका उदाहरण पनि छन् । याे निवेदनमा वादीका तर्फबाट कानुन व्यवसायीहरु हरि सुवेदी, सुरेन्द्र थापा मगर र मदन तिवारीले बहस पैरवी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja