पोखरा विरौटास्थित एक व्यक्तिले गरे आत्मदाह



पोखरा

पोखरामा एक व्यक्तिले आत्मदाह गरेका छन् । पोखरा महानगरपालिका वडा नं. १७ विरौटास्थित मेलमिलाप टोलका ४५ वर्षीय ईन्द्रप्रसाद अर्यालले घरको कोठामा आत्मदाह गरेका हुन् । 

वडा प्रहरी कार्यालय बैदामका डिएसपी वेद जोसीका अनुसार अर्यालले शरीरमा आगो लगाएर आत्मदाह गरेका हुन् ।  उनका अनुसार प्रहरी पुग्दा घरको कोठा भित्रबाट चुकुल लगाइएको पाइएको थियो । मंगलबार दिउँसो साढे ३ बजे प्रहरी पुग्दा शरीर जलेको अवस्थामा शव भेटिएको थियो । 

तीनतले घरको दोस्रो फ्ल्याटमा उनले शरीरमा आगो लगाएर आत्मदाह गरेका हुन् । डिएसपी जोसीका अनुसार घरमा कोही भएको अवस्थामा उनले आत्मदाह गरेका हुन् । उनकी श्रीमति जागिर र छोरी घरबाहिर रहेको अवस्थामा घटना भएको देखिन्छ । अर्यालको कोठामा ग्यालीन भेटिएको प्रहरीले जनाएको छ । प्रहरीले घटनाको अनुसन्धान थालेको जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja