खुम्बु क्षेत्रमा एक अस्ट्रेलियाली नागरिकको मृत्यु



पोखरा

सोलुखुम्बुको खुम्बु क्षेत्रमा एक अस्ट्रेलियाली नागरिकको ज्यान गएको छ ।

जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिका-२ रात्माटेमा ६३ वर्षीय अस्ट्रेलियाली नागरिक भ्यालेन्स फिलिप्स थोमसको आज निधन भएको पर्यटक प्रहरी कार्यालय लुक्लाले जनाएको छ ।

कार्यालयका इन्चार्ज प्रहरी नायब निरीक्षक पूर्ण दाहालका अनुसार आइतबार नै रामेछापको मन्थलीबाट लुक्ला विमानस्थल ओर्लिएका थोमस त्यहाँबाट सङ्खुवासभा जाने कार्यतालिका थियो । हिँड्दै गर्दा एक्कासि उकालो बाटोमा ढलेका उनको उपचारको क्रममा निधन भएको दाहालले बताए ।

थोमससहित तीन अस्ट्रेलियाली नागरिक नेपाली पथप्रदर्शक योग्यबहादुुर कार्कीको नेतृत्वमा लुक्लाबाट मेरा पिक हुँदै सङ्खुवासभाको तुम्लिङटारतर्फ अघि बढेका थिए । शवको कानूनी प्रक्रिया पूरा गरिएको छ । उनको शव मङ्गलबार हेलिकप्टरमार्फत पोष्टमार्टमका लागि काठमाडौँ लैजाने तयारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja