चितवन-२: कांग्रेसका जितनारायण श्रेष्ठको उम्मेदवारी दर्ता 



पोखरा

कांग्रेसका जितनारायण श्रेष्ठले चितवन-२ को उपनिर्वाचनका लागि सोमबार दिउँसो मनोनयन दर्ता गराएका छन् ।

श्रेष्ठलाई सत्तारूढ गठबन्धनका माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीसमेतको सहयोग छ । मनोनयन दर्ताअघि भरतपुर चौबीसकोठीमा कोणसभासमेत भएको थियो । कोणसभालाई कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा र सहमहामन्त्री महालक्ष्मी उपाध्यायलगायतले सम्बोधन गरेका थिए । चौबीसकोठीबाट जुलुस लिएर उम्मेदवारी दर्ताका लागि भरतपुरको मुख्यनिर्वाचन अधिकृतको कार्यालय पुगेका थिए । श्रेष्ठ कांग्रेस चितवनका पूर्व जिल्लासभापतिसमेत हुन् । चितवन-२ मा यसअघि रास्वपा सभापतिसमेत रहेका रवि लामिछानेले उम्मेदवारी दर्ता गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja