तनहुँ-१: रास्वपाका वाग्लेले गरे उम्मेदवारी दर्ता



पोखरा

तनहुँ-१ को उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट स्वर्णिम वाग्लेले उम्मेदवारी दर्ता गरेका छन् ।

चितवनबाट उम्मेदवारी दर्ता गराएका सभापति रवि लामिछाने तनहुँ पुगेपछि वाग्लेले उम्मेदवारी दर्ता गरेका हुन् ।वाग्लेको प्रस्तावकमा विश्व बाँस्तोला र समर्थकमा रुपक विक घिमिरे रहेका छन् । नेपाली कांग्रेसका पूर्वसचिवसमेत रहेका बाँस्तोला सोमबार नै रास्वपा प्रवेश गरेका हुन् । घिमिरे पनि तनहुँ-१ मा उम्मेदवारका आकांक्षी भए पनि पछि वाग्लेलाई छाडेका थिए ।

समर्थकहरुको जुलुससहित रास्वपाका नेता कार्यकर्ता निर्वाचन कार्यालयमा पुगेका थिए । उम्मेदवारी दर्ताअघि उपनिर्वाचनको कार्यालय उद्घाटन गरेका थिए । त्यसक्रममा सम्बोधन गर्दै वाग्लेले वैशाख १० गते नेपालको नयाँ युगको आह्वान गर्ने दिन भएको बताए । ‘नेपालमा सुशासन छैन कुशासन छ । किनबेच र सेटिङ छ । सार्वजनिक संस्थाहरु नालायक छन् । त्यसैले सुशासन प्राथमिकता दिनुपर्ने छ । पुराना भ्रष्टाचारका फाइल खोल्छौं,’ वाग्लेले भने । उनले बिरामी परेको अर्थतन्त्रलाई अब चिरफार नै गर्नुपर्ने बताए ।

सभापति लामिछानेले हरेक वर्ष क्यालेन्डर फेरियो तर मुलुकले काँचुली नफेरेको बताए । ‘त्यसैले यसपटक क्यालेन्डर फेरिँदा यो देशको भाग्य पनि फेरिने छ । यो देशको भाग्य फेर्नका लागि जान्नेलाई छानेका छौं । संसद्‍मा युवाहरु आएका छन्,’ लामिछानेे भने ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja