तनहुँ-१: एमालेबाट सर्वेन्द्र खनालको उम्मेदवारी दर्ता



पोखरा

तनहुँ-१ मा हुने उपनिर्वाचनमा नेकपा एमालेबाट सर्वेन्द खनालले उम्मेदवारी दर्ता गराएका छन् ।

सोमबार दिउँसो मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर खनालले उम्मेदवारी दर्ता गराएका हुन् । मंसिर ४ गते भएको निर्वाचनमा निर्वाचित नेपाली कांग्रेसका रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि वैशाख १० गते तनहुँ-१ मा उपनिर्वाचन हुँदैछ ।

खनालको प्रस्तावकमा भगवती न्यौपाने र समर्थकमा एकबहादुर राना छन् । हालसम्म तीन दलले मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेरर उम्मेदवारी दर्ता गराएका छन् । नेमकिपाका तर्फबाट रामप्रसाद प्रजापति र राष्ट्रिय जनमुक्तिका तर्फबाट पूर्णबहादुर रानाले उम्मेदवारी दर्ता गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja