तनहुँ-१: कांग्रेस उम्मेदवार भट्टराईको उम्मेदवारी दर्ता



पोखरा

तनहुँ-१ मा नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले उम्मेदवारी दर्ता गरेका छन् ।

श्यामकुमार मौरातीलाई प्रस्तावक र सरिता गुरुङलाई समर्थक राखेर भट्टराईले मनोनयन दर्ता गरेका हुन् ।तनहुँ-१ का तत्कालीन प्रतिनिधिसभा सदस्य रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि त्यहाँ वैशाख १० गते उपनिर्वाचन हुन लागेको हो ।

निर्वाचन आयोगले मनोनयन दर्ताका लागि सोमबार अपराह्न ५ बजेसम्मका लागि समय तोकेको छ । यस क्षेत्रका एमाले उम्मेदवार सर्वेन्द्र खनालले मनोनय दर्ता गराइसकेका छन् भने रास्वपा उम्मेदवार स्वर्णिम वाग्लेले केही बेरमा उम्मेदवारी दर्ता गर्ने तयारी छ । नेविसंघका पूर्वअध्यक्षसमेत रहेका भट्टराई गठबन्धनका साझा उम्मेदवार हुन् । त्यस्तै पूर्वआईजीपी खनाल र अर्थशास्त्री वाग्लेको उम्मेदवारी परेकाले तनहुँ-१ मा तीव्र प्रतिस्पर्धा हुने आकलन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja