बैतडीमा जिप दुर्घटना,एकको मृत्यु, १२ जना घाइते



पोखरा

बैतडीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् ।

देहीमाण्डौं–गिरेगडा सडकखण्ड अन्तर्गत पञ्चेश्वर गाउँपालिका–५ को तिलकपुर भीटामा सोमबार से १ ज २९५ नम्बरको जिप दुर्घटना हुँदा पञ्चेश्वर–५ कै ५५ वर्षीय महादेव भट्टको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रेमबहादुर शाहीले भट्टको घटनास्थलमै मृत्यु भएको जानकारी दिए । उनका अनुसार चालकसहित जिपमा सवार अन्य १२ जना घाइते छन् । उनीहरु मध्ये पञ्चेश्वरकै कुन्ति भट्ट गम्भीर घाइते छन् भने अन्यको अवस्था खतरामुक्त रहेको छ । जिपको ब्रेक फेल भएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja