सप्तरीमा ट्याक्टर पल्टिँदा एक जनाको मृत्यु



पोखरा

सप्तरीको बोदेबर्साइन नगरपालिका वडा नम्बर ३ सारसरमा ट्याक्टर पल्टिँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ट्याक्टर चालक बोदेबर्साइन-१  धनगढी बस्ने अन्दाजी २२ वर्षीय पँकज यादव रहेका छन् । आइतबार बिहान सारसर पुवारी टोलस्थित भित्री सडक खण्डमा सारसरबाट धनगढीतर्फ जाँदै गरेको  प्र-२-०१-००१ त २५१७  नम्बरको ट्याक्टर अनियन्त्रित भई पल्टिँदा यादवको घटनास्थलमै मृत्यु भएको सप्तरीका प्रहरी प्रवक्ता नरेश कुमार सिंहले जानकारी दिए । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता सिंहको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja