बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, ७ जना घाइते



पोखरा

खाँडादेवी गाउँपालिका-१ राकाथुमको बेलपोखरी डाँडा (ठुटे पिपलबोट)मा बा१६च ३८२५ नंको बलेरो जिप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । 

शनिबार साँझ भएको सो दुर्घटनामा मृत्यु हुनेमा खाँडादेवी-७ का ३३ वर्षीय कर्मसिंह तामाङ रहेका प्रहरी नायब उपरीक्षक होमबहादुर पराजुलीले जानकारी दिए । उनका अनुसार सो जिप  सडकबाट करिब चार सय मिटर तल खसेको थियो । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ । जिप सुनापति गाउँपालिकाको दिमीपोखरीबाट काठमाडाँै जाँदै गरेको थियो । घाइतेलाई उपचारका लागि धुलिखेल अस्पताल पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja