दिल्ली रेल्वे स्टेशनबाट ७ जना नेपाली बालबालिकाको उद्धार



पोखरा

भारतको राजधानी दिल्लीस्थित नयाँ दिल्ली रेल्वे स्टेशनबाट ७ जना नेपाली बालबालिकाहरुको उद्धार गरिएको छ । एक हप्ता लामो विशेष उद्धार अभियानबाट ७ नेपाली बालबालिकाको उद्धार गरिएको हो ।

बाल कल्याण समितिसहित सलाम बालक, प्रयास संस्था, साथी संस्था, चाइल्ड लाईन १०९८, रेल्वे अथोरिटी, आरपीएफ र जीआरपीको संयुक्त पहलमा गत २७ मार्चदेखि अप्रिल २ सम्म गरिएको संयुक्त उद्धार अभियानमा नेपाल, बंगलादेश र भारतका विभिन्न राज्यबाट दिल्ली पुगेका झण्डै ४ सय बालबालिकाको उद्धार गरिएको अभियानमा लागेका उद्धारकर्मीहरुले बताएका छन् ।

नयाँ दिल्ली रेल्वे स्टेशनका विभिन्न प्लेटफर्महरु, रेल्वे स्टेशनका प्रवेश र निकासद्वारमा खटिएका उद्धारकर्मीहरुले बालबालिकाहरुको उद्धार गरेका हुन् । समारोहमा बोल्दै दिल्ली सरकार अन्तर्गत बाल कल्याण समितिका अध्यक्ष वरुण पाठकले ७ दिनसम्म २४ सै घण्टा चलाइएको अभियानमा ७ नेपाली बालबालिकाहरुको उद्धार गरिएको बताए ।

उनले दिल्ली र अन्य राज्यहरुमा निरन्तर रुपमा नेपाली बालबालिकाहरुलाई विभिन्न प्रलोभलनमा दिल्ली पुर्‍याइने गरेको भन्दै आफूहरुले उद्धार गरेका बालबालिकाहरुलाई किन इण्डिया नामक संस्था र नेपाली दूतावासको समन्वयमा नेपाल पठाउने काम गरिरहेको पनि बताए । उनले नेपालको तराई क्षेत्र विशेष गरी रौतहटका बालबालिकाहरु धेरै दिल्ली पुग्ने गरेको बताए ।बालबालिकाहरु घरको आर्थिक अवस्था कमजोर रहेकाले ठूला शहर घुम्ने रहर र प्रलोभनमा परेर दिल्ली पुग्ने गरेको पाइएको उद्धारमा खटिएकाहरुले बताए ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja