घरेलु मैदानमा पिएसजीको दोस्रो हार



पोखरा

स्टार खेलाडीहरुले भरीपुर्ण पेरिस सेन्ट जर्मन (पिएसजी) ले अर्को पराजय भोग्नु परेको छ। फ्रेन्च लिग वानको शीर्षस्थानमा रहेको पिएसजी घरेलु मैदानमै लियोनसँग १–० ले पराजय भोग्नु परेको हो।

पिएसजीलाई हारमा ब्राडले बारकोलाले गरेको गोल निर्णायक बन्यो। उनले ५६औं मिनेटमा साइल कुमबेडीको पासमा गरेको गोल जीतका लागि काफी बन्न पुग्यो। पार्क डेस प्रिन्सेसमा आइतबार राति भएको खेलमा घरेलु टोली पिएसजीले पाहुना टोलीमाथि दवाव बढाए पनि गोल गर्न नसक्दा समग्र खेलमा दोस्रो पराजय बेहोर्नु परेको हो। पिएसजी यसअघि रेनेससँग २–० ले पराजित भएको थियो।

यस जितसँगै लियोन २९ खेलबाट ४४ अंक जोडेर नवौँ स्थानमा उक्लिएको छ भने पिएसजीले शीर्ष स्थानमा कायमै राखे पनि पराजयसँगै अग्रता बढाउनबाट भने चुकेको छ। शीर्षस्थानमा रहेको पिएसजीको २९ खेलबाट ६६ अंकमा छ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja