तनहुँमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना



पोखरा

जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।

निर्वाचन क्षेत्र नम्बर १ मा हुने उपनिर्वाचनका लागि तनहुँको दमौलीमा शनिबार मुख्य निर्वाचन अधिकृतको कार्यालयको स्थापना गरिएको हो । मुख्य निर्वाचन अधिकृतमा जिल्ला अदालत तनहुँका न्यायधीश कोमलप्रसाद आचार्य खटिएका छन् । जिल्ला समन्वय समिति तनहुँको परिसरमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापनासँगै निर्वाचनको प्रक्रिया सुरु भएको आचार्यले बताए ।

तनहुँ-१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि आउँदो वैशाख १० गते यहाँ उपनिर्वाचन हुँदैछ । कांग्रेसले आफ्नो बलियो पकडको रुपमा लिएको क्षेत्र नम्बर १ मा केन्द्रीय सदस्य गोविन्द भट्टराईलाई उम्मेदवार बनाउने भएको छ ।

एमालेले पूर्वआईजीपी सर्वेन्द्र खनाललाई उम्मेदवार बनाउने निर्णय गरेको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीबाट कांग्रेस परित्याग गरेका अर्थविद् स्वर्णिम वाग्लेलाई उम्मेदवार बनाइएको छ ।

यस्तै, नेकपा एकीकृत समाजवादीको जिल्ला कार्यसमितिले पार्टीका केन्द्रीय सदस्य प्रतापलाल श्रेष्ठलाई उठाउने निर्णय गरेको छ । मंसिर ४ को निर्वाचनमा रामचन्द्र पौडेल माओवादीसँगको गठबन्धनबाट करिब पाँच हजार मतान्तरले विजयी भएका थिए । पौडेलले २५ हजार ३१८ मत ल्याएका थिए । उनका प्रतिस्पर्धी एमालेका उम्मेदवार एकबहादुर रानाले १९ हजार ९४३ मत प्राप्त गरेका थिए ।

यस्तै स्वतन्त्र उम्मेदवार गोविन्दराज जोशीले ६ हजार ८७८ मत ल्याएका थिए । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विकास सिग्देलले ६ हजार ३२ र राप्रपाका उम्मेदवार विनोद घर्तीले २ हजार ४८३ मत प्राप्त गरेका थिए । तनहुँ निर्वाचन क्षेत्र नम्बर १ मा ६९ मतदानस्थलमा १५२ मतदान केन्द्र तोकिएका छन् भने वैशाख १० गते हुने उपनिर्वाचनका लागि १ लाख २३ हजार ३०५ मतदाता रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja