मुस्ताङमा लेक लागेर एक महिला पर्यटकको मृत्यु



पोखरा

मुस्ताङमा भारतीय एक महिला पर्यटकको लेक लागेर मृत्यु भएको छ । मृत्यु हुनेमा भारतको भवानी नगर काप्रा सेकुन्दरावाद हैदरावादीकी ६१ वर्षीया रुपा थाङ्ला रहेकी छन् ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार उनी भारतदेखि मुक्तिनाथ दर्शनका आएकी थिइन् । उनको टोलीमा लागि २२ जना भारतीय दर्शनार्थी रहेका थिए । उनीहरु पोखरा, बेनी-जोमसोम सडकमार्ग हुँदै मुस्ताङको जोमसोम पुगेका थिए । उनी जोमसोमबाट मुक्तिनाथ जानेक्रममा रानीपौवा बसपार्कमा लेक लागेर बेहोस भएर ढलेकी थिइन् । 

उनलाई उपचारका लागि जोमसोम अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएका प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनको हाईअल्टिच्युडका कारण श्वासप्रश्वासमा समस्या भएर मृत्यु भएको हो ।उनको शव प्रहरीले आफन्तको जिम्मा लगाइसकेको प्रहरी नायव उपरीक्षक रवीन्द्रनाथ पौडेलले जानकारी दिनुभयो । 

यस्तै, उनका श्रीमानलाई जोमसोम आइपुग्दा नै हाइअल्टिच्युडका कारण श्वासप्रश्वासमा समस्या देखिएको थियो । त्यसलगत्तै उनलाई उपचारका लागि जोमसोमबाट हवाई सेवामार्फत पोखरा ल्याइएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja