तनहुँ भकुन्थोकस्थित ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु 



पोखरा

तनहुँको भानु नगरपालिका वडा नं. २ भकुन्थोकस्थित डुम्रे बेशिसहर सडक खण्ड जोड्ने भित्री सडक खण्डमा शनिबार ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

भकुन्थोकबाट बेशिसहर तर्फ मल लोड गरी जाँदै गरेको बा ०३-००१ त २२६ न.को ट्याक्टरको इन्जिन र ट्रली जोइने भाग भाँचेर दुर्घटना हुँदा ट्याक्टरमा सवार जिल्ला तनहुँ भानु नगरपालिका वडा नं. २ बस्ने ४० वर्षीय ईश्वर अधिकारी, १७ वर्षीय को समीर अधिकारी र ३९ वर्षीय दीपक नेपाली सख्त घाइते भएका थिए ।

घाइतेहरू मध्ये अधिकारीको उपचारको क्रममा बिहान पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको थियो । अन्य घाइतेहरूको सोही अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।  उक्त घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja