बिल बिनाको गरगहना विक्री गरेको आरोपमा पोखराका सञ्चालक पक्राउ



पोखरा

पोखराको महेन्द्रपुलस्थित रजनी सुनचाँदी पसलका सञ्चालक रविनकुमार गहतराज पक्राउ परेका छन् ।
 
जिल्ला प्रहरी कार्यालय तनहुँले बिल बिनाको गरगहना खरिद विक्री गरेको आरोपमा उनलाई पक्राउ गरेको हो । तनहुँ प्रहरी प्रमुख प्रहरी उपरीक्षक अवधेश विष्टका अनुसार पोखरा महानगरपालिका वडा नं. ३३ बागमाराकी शान्ति श्रेष्ठको हत्यापछि घरगहना र मोवाइल लुटिएको थियो । 

सो गरगहना किनवेच गरेको पाइएपछि गहतराजलाई पक्राउ गरेर अनुसन्धान शुरु गरिएको एसपी विष्टले जानकारी दिए । प्रहरीले श्रेष्ठको हत्या आरोपमा काभ्रेपलान्चोकको पाँचखाल नगरपालिका वडा नं. ५ स्थायी घर भइ हाल पोखरा-७ घारीपाटनमा बस्दै आएका ३५ वर्षीय प्रकाश सुनारलाई पक्राउ गरी सार्वजनिक गरेको छ । सुनारले श्रेष्ठको हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ । 

फागुन २१ गतेदेखि हराएकी श्रेष्ठ चैत १२ गते तनहुँको म्याग्दे गाउँपालिका वडा नं. ४ मनहरि पिपलटारस्थित खानेपानी ट्याङ्कीभित्र मृत अवस्थामा भेटिएकी थिइन् । पोखराको अमरसिंहचोकमा फलफूल व्यवसाय गर्दै आएकी श्रेष्ठ हराएको भन्दै परिवारले कास्की प्रहरीमा फागुन ६ गते निवेदन दिएका थिए । 

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja