गोरखामा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु



पोखरा

मध्यपहाडी लोकमार्गअन्तर्गत भीमसेन थापा गाउँपालिका–१ निवेलमा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । 

बिहीबार राति ११ बजेतिर घ्याम्पेसालबाट निवेलतर्फ जाँदै गरेको भे ६ प ७४३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट तल खसेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख वेदनाथ भण्डारीले बताए ।दुर्घटनामा सप्तरी कृष्ण सवरत गाउँपालिका घर भई हाल मध्यपहाडी लोकमार्गको सडक निर्माणको ठेक्का पाएका सूर्य कन्स्ट्रक्सनको एक्स्काभेटर चालक २३ वर्षीय लक्ष्मीकान्त चौधरीको मृत्यु भएको उनले जानकारी दिए । चौधरीको शव शुक्रबार पोस्टर्माटमका लागि गोरखा अस्पताल ल्याइएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja