तनहुँ-१ मा एमालेबाट ६ जनाको नाम सिफारिस



पोखरा

तनहुँ–१ मा वैशाखमा १० गते हुने उपनिर्वाचन लड्न एमालेबाट पूर्वआईजीपी सर्वेन्द्र खनालसहित ६ जनाको नाम सिफारिस गरिएको छ ।

यसअघि स्थायी कमिटी सदस्य किरण गुरुङ उठ्ने चर्चा भएपनि उनको नाम सिफारिस भएन । गुरुङले बिहीबार आफ्नो क्षेत्र छाडेर चुनाव नलड्ने बताएका थिए । उनी यसअघि तनहुँ क्षेत्र नम्बर २ बाट निर्वाचन लडेर पराजित भएका हुन्  । पूर्व आईजीपी खनालसहित रामबहादुर गुरुङ, मोहन विक, परितोस पौडेल, सोझा गुरुङ, किरण धितालको नाम सिफारिस गरिएको छ ।

बिहीबार बसेको क्षेत्रीय कमिटीको बैठकले जिल्लामा आकांक्षीको नाम सिफारिस गरेको एकराज रानाले बताए । ‘अब जिल्ला, प्रदेश हुँदै यी नाम संघमा सिफारिस हुन्छन्,’ रानाले भने । मंसिरको निर्वाचनमा काठमाडौँ–६ मा हारेपछि पूर्व आईजीपी खनाल उपनिर्वाचन लड्न चाहन्छन् । केन्द्रले खनाललाई टिकट दिन सक्ने प्रबल सम्भावना रहेको एमाले प्रदेशका एक नेताले बताए ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja