बेगनासमा पर्यटक सङ्ख्या नबढेपछि डुङ्गा व्यवसायी चिन्तित



पोखरा  

कोरोनाकै कारण लेखनाथको पर्यटकीय गन्तव्य बेगनास तालमा तीन वर्षदेखि घटेका पर्यटक सङ्ख्या यस वर्ष पनि नबढेपछि बेगनासका डुङ्गा व्यवसायी चिन्तित मात्र हैन, उनीहरूको व्यवसाय नै धरापमा परेको छ ।

सार्वजनिक बिदाका दिन केही मात्रामा बेगनास पुग्ने गरेका आन्तरिक पर्यटकमध्ये ५० प्रतिशतले मात्र डुङ्गा चढेर ताल गुम्ने गरेका कारण व्यवसायीलाई थप निराश बनाउने गरेको बेगनास ताल डुङ्गा व्यवसायी समितिका अध्यक्ष रवीराज कँडेलले बताए ।

उनका अनुसार चैते दसैँ भएकै कारण केही पर्यटक बढ्छन् कि भनेर २५-३० जना डुङ्गा व्यवसायी ताल किनारको डुङ्गा घाटमा आए तर बिहानदेखि एक बजेसम्म जम्मा चार डुङ्गा मात्र चलेका छन् । माछाका परिकारका लागि बेगनास ताल वर्षौदेखि प्रसिद्ध मानिँदै आएको भए पनि त्यस्ता परिकार खान पोखरा तथा आसपासका क्षेत्रबाट बेगनास पुग्ने पर्यटक पनि विस्तारै घटेको अध्यक्ष कँडेलले उल्लेख गरे । 

आर्थिक मन्दीका कारण माछा खाने पर्यटकको सङ्ख्या पनि घटेको अनुमान छ डुङ्गा व्यवसायी टीकाराम तिवारीको । “कोरोनाअघि नौका बिहार गर्न स्वदेशी तथा विदेशी पर्यटक खचाखच हुने बेगनासमा तीन वर्षदेखि पर्यटक खोज्नुपर्ने अवस्था आयो”, तिवारीले भने, “अहिले ति दिन सम्झना मात्र रहने भए ।” कोरोनाका कारण कारण व्यवसाय नै नचलेपछि बेगनास तालका २५ प्रतिशत डुङ्गा व्यवसायी विस्थापित भएको र केही डुङ्गा व्यवसायी विदेश पलायन हुने क्रम बढिरहेको जानकारी तिवारीले दिए । 
    

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja