११ औं राष्ट्रिय हेमजा आलु महोत्सव–२०७९ को तयारी तिव्र



पोखरा

बिष्णु पादुका क्लब पोखरा २५ हेमजाको आयोजनामा हुन लागेको ११ औं राष्ट्रिय हेमजा आलु महोत्सव–२०७९ को तयारी तिव्र पारिएको छ ।

यही चैतको २६ गतेदेखि बैशाख ३ गतेसम्म सञ्चालन हुने महोत्सवको तयारी तिव्र पारिएको बुधबार मुल आयोजक समिति सल्लाहकार तथा उपसमिति सँग बसेको बैठकमा जनाइएको छ ।

महोत्सवलाई कृषकको महोत्सव बनाउन कृषि बिकास निर्देशनालय गण्डकी प्रदेश लगाएत कृषि ज्ञान केन्द्र तथा कृषि सञ्जाल सँग छलफल भई रहेको महासचिव बसन्त कुमार श्रेष्ठले बताए । उनले कृषि महाशाखाको पहलमा कृषि विशेषज्ञ र कृषक बिच कृषि साझा सवाल आयोजना गरिने बताए । महोत्सवको लागि विभिन्न कृषि निकाय सँग समन्वय भइरहेको र आलुको साथसाथै रैथाने बालिको प्रदर्शन गरिने छ ।

महोत्सवको आकर्षणको लागि निर्माण गरिने आलुको पहाडको लागि आलु संकलन भइरहेको कृषक परिचालन उपसमिति संयोजक जयराम तिमिल्सिनाले बताए । उनले बुधबारसम्म ५० केजीको ५५० बोरा संकलन भइसकेको र अब ५० बोरा संकलन गर्न बाकी रहेको बताए । आलुको साथै अन्य तरकारी बिक्री स्टल राख्नुपर्ने उनको भनाइ छ । हेमजामा आलुको उत्पादन घटेको भए पनि महोत्सवको लागि हेमजाका आलुले पुग्ने उल्लेख गरे । बाहिरी आलु ल्याए महोत्सव गर्न लागिएको भन्ने हल्लाको पछि नलाग्न उहाँले सबैमा आग्रह गरे ।

महोत्सवको समायावधि नजिक आइरहदाँ बुधबारसम्म स्टल निर्माणका काम भइरहेको तथा स्टल बुकिङ भइरहेको स्टल तथा रेष्टुरेन्ट उपसमिति संयोजक राजेन्द्र थापाले जानकारी दिए । उनका अनुसार केही कृषि तथा रेष्टुरेन्टका स्टल बुकिङ भइसकेको बताए । बैठकमा मुल आयोजक समिति संयोजक सुबिन श्रेष्ठ, साँस्कृतिक उपसमिति संयोजक दान ब. थापा, प्रचारप्रसार उपसमिति संयोजक निराजन अधिकारी लगाएतले अहिलेसम्म भइरहेको गतिविधिको बारेमा जानकारी गराएका थिए । त्यस्तै जित ब. कार्की, भिम प्रसाद श्रेष्ठ निलकण्ठ पौडेल लगाएतले सुझाव दिएका थिए । ‘सुन्दर ठाउँ हेमजा जाउँः आलुका स्वादिष्ट परिकार खाउँ, आलु एक परिकार अनेक’ भन्ने मुल नाराका साथ महोत्सव गर्न लागिएको हो ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja