पोखरामा अव सौर्य एयरलाइन्सले दैनिक चार उडान गर्ने



पोखरा

सौर्य एयरलाइन्सले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिक ४ उडान गर्ने भएको छ ।

हाल काठमाडौं–पोखरा २ वटा उडान गर्दै आएको सौर्यले चैत १९ (अप्रिल २) देखि ४ उडान गर्ने एयरलाइन्सका बजार व्यवस्थापक मुकेश खनालले जानकारी दिए । दैनिक बिहान ८ः३०, ९ः३५ बजे र दिउँसो २ः४० र ३ः३० मा उडान गर्ने तालिका तय भएको उनले बताए।

जेट विमानको यात्रा पोखरेलीहरुले धेरै रुचाएको कारण अन्य गन्तव्यको उडान कटान गरेर पोखरामा थप गरिएको उनको भनाइ छ । हाल पोखरा–काठमाडौंको हवाई भाडा ४ हजार रुपैयाँ निर्धारण गरिएको छ । सौर्यले हाल विराटनगर, भद्रपुर र पोखरा उडान गर्दै आएको छ । केही समयका लागि धनगढी र भैरहवाको उडान स्थगन गरिएको जानकारी समेत खनालले दिए ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja