मनाङमा भीरबाट खसेर चिनियाँ पर्यटकको मृत्यु



पोखरा

भीरबाट खसेर चिनियाँ पर्यटक मृत भेटिएका छन् । पथ पर्यटनको क्रममा मनाङको नासो गाउँपालिका वडा नम्बर २ खोत्रो भिरबाट लडेर ‘झाङ जी’को मृत्यु भएको गण्डकी प्रदेशका वरिष्ठ प्रहरी उपरीक्षक शारदाप्रशाद चौधरीले बताए ।

प्रहरीका अनुसार ती पर्यटक खोत्रो भीरबाट २ सय मिटर तल खसेका थिए । घटना लगत्तै नेपाल प्रहरी, स्थानीय नागरिकको सहयोगमा  उद्धार गरेको थियो । मर्स्याङ्दी नदी किनारमा रहेको गोरेटो बाटोमा हिँड्ने क्रममा ‘जी’ बाटोबाट तल खसेका थिए । दुर्घटना हुनसाथ  जिल्ला प्रहरी कार्यालय मनाङ चामेबाट खटिएको प्रहरी टोलीले उद्धार गरी प्राथमिक उपचार गरेको थियो । घाइते जीको स्वास्थ्य अवस्था गम्भीर भएकाले उपचारको लागि लमजुङको बेसिशहर ल्याइएपनि बुधबार मृत्यु भएको उपरीक्षक चौधरीले बताए ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja